वन उद्यमबाट आर्थिक सशक्तिकरण

गैँडाकोट, ७ चैत वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरण कार्यमूलक अनुसन्धान परियोजनाको नीति संवाद कार्यक्रम मंगलबार गैंडाकोटमा सम्पन्न भएको छ । इन्टरनेसनल डेभेलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोग र फरेष्ट एक्सन नेपालसहित हिमवन्ती नेपाल, पारिवारिक निजी वन संघ र वन पैदावार उद्योग व्यवसायी महासंघको साझेदारीमा २०७८ असोजबाट यो परियोजना कार्यान्वयन भैरहेको छ । सिन्धुपाल्चोक जिल्लाका दुई पालिका […]
धुर्मुसलाई कुनै पैसा तिर्नु छैनः भरतपुर क्रिकेट क्लब

भरतपुर, ७ चैत भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा क्रिकेट खेलाएको भाडा नतिरेको आरोपको भरतपुर क्रिकेट क्लबले खण्डन गरेको छ । रंगशाला निर्माणमा खटिएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले मंगलबार सार्वजनिक गरेको भिडियोमा मेयर कप क्रिकेट सञ्चालन गरेको समयमा २ लाख १० हजार भुक्तानी लिन बाँकी रहेको बताएका छन् । उनले कुन संस्थाले तिर्न […]
२०७९ चैत ७ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)
२०७९ चैत ७ गते मंगलबारको कायाकैरन दैनिक (Epaper)
चितवनमा मनाइयो विश्व कविता दिवस

भरतपुर, ७ चैत । चितवनमा विश्व कविता दिवस मनाइएको छ । सम्पूर्ण किताब नारायणगढमा जम्मा भएर चितवनका कविहरूले यो दिवस मनाएका हुन् ।सम्पूर्ण किताबमा उपस्थित भएका करिब ४० जना कविहरूमध्ये अधिकांशले कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित नेवारी, आसामी, संस्कृत र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, […]
भीमसेन माविका १४ जना विद्यार्थीले पाए चस्मा

देवचुली, ७ चैत । देवचुलीस्थित भीमसेन आदर्श माविका विद्यार्थीलाई चस्मा वितरण गरिएको छ । भीसान नवलपरासी, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र रोट्र्याक्ट क्लब अफ भरतपुरको आयोजना तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त विद्यालयमा गत मंसिर २३ गते आँखा परिक्षण शिविर गरिएको थियो । कुल १०२ जनाको आँखा परिक्षण गरिएकोमा चस्मा लगाउनुपर्ने भनि पहिचान […]
म कवि होइन (कविता)

म कविता लेख्न सक्दिन म कवि होइन हो मलाई कविता सुन्न मन पर्छ । म कविता लेख्न सक्दिन म कवि होइन किन लेख्ने कविता आधा शतक नै भै सक्यो न कतै महाकवि लक्ष्मीप्रसाद देख्छु न कतै कवि शिरोमणि लेखनाथ देख्छु न आदिकवि भानुभक्त, न त मोतीराम नै न कतै लेखिन्छन् मुनामदन न कतै लेखिन्छन् चाणक्यनीति […]
विद्युत व्यवसायी संघ चितवनमा नवराजको नेतृत्व

भरतपुर, ७ चैत । विद्युत व्यवसायी संघ चितवनको १२औँ वार्षिक साधारणसभा तथा सातौं अधिवेशन कार्यक्रम गरिएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेल, महासंघ पूर्व अध्यक्ष तेजनारायण खरेल, महासंघका प्रथम उपाध्यक्ष प्रेमबहादुर […]
उपनिर्वाचनका लागि दल दर्ता आह्वान

भरतपुर, ७ चैत । निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि मंगलबारदेखि चैत १२ गतेसम्मको समय दिएको हो । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ चैत ५ गतेसम्म दर्ता कायम रहेका […]
मन्त्रिपरिषद् विस्तार गर्न छलफलमा जुट्दै प्रधानमन्त्री

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन् । गठबन्धन आवद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको […]
चितवनमा आठ महिनामा २१४ दुर्घटना

भरतपुर, ७ चैत । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी चार सय एक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको […]
प्रेमबस्तीमा ४ सय बढी पशुको स्वास्थ्य शिविर

भरतपुर, ७ चैत । भरतपुर–७ मा रहेको प्रेमबस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाले आयोजना गरेको शिविरमा प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले सहकार्य गरेको थियो । शिविरमा ४ सय १० वटा पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये १ सय ६५ वटा गाई, २३ वटा भैसी, १२ […]