लायन्स क्लब अफ नारायणगढ बालकुमारीमा शंकर आचार्यको नेतृत्व

भरतपुर, ५ चैत ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीले २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नारायणगढमा सम्पन्न वार्षिक साधारणसभाको सभापतित्व क्लबका अध्यक्ष रामचन्द्र सापकोटाले गरेका थिए । उक्त सभाले आगामी वर्ष २०२३-२४ का लागि निर्बिरोधरुपमा नयाँ नेतृत्व तय गरेको छ । जसमा लायन वर्ष २०२३-२४का लागि अध्यक्ष शंकरप्रसाद आचार्य, निवर्तमान अध्यक्ष रामचन्द्र सापकोटा, प्रथम उपाध्यक्ष शेरबहादुर पौडेल, द्वितीय उपाध्यक्ष चन्द्रमणि भट्टराई, सचिव गोविन्द पराजुली, कोषाध्यक्ष गणेश भट्टराई तथा सहसचिवमा ईश्वरकुमार राजाभण्डारीलाई चयन गरेको हो ।

त्यस्तै गरेर डाइरेक्टरमा क्रमश: तारानाथ बराल, गोविन्दप्रसाद श्रेष्ठ, ध्रुबप्रसाद पौडेल र जीवनराम चौधरी रहेका छन् । मेम्बरसिप चियरपर्सनमा हरिराम पौडेल, क्लब सर्भिस चियरपर्सनमा नेत्रप्रसाद आचार्य, क्लब मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा अभिमन्यू श्रेष्ठ, एलसीआईएफ कोअर्डिनेटरमा लोकबहादुर रानाभाट, जनसम्पर्क अधिकृतमा बालगोपाल चुके, टेलट्विष्टरमा सन्जीवभूमि श्रेष्ठ र टेमरमा कृष्णकुमार तमाङलाई चयन गरेको छ ।

क्लबका पूर्व अध्यक्ष टेकबहादुर थापाले निर्बिरोधरुपमा नेतृत्वलाई निर्वाचित गराउनु हुने क्लबका पदाधिकारी र सदस्यहरुलाई धन्यबाद व्यक्त गरेका थिए । थापाले निर्वाचितहरुलाई बधाई दिँदै क्लबले गरेको विश्वासलाई अबको नेतृत्वले सम्मान गर्दै क्लबलाई समाजमा यसका उदाहरणीय कार्यहरु गरेर नमुनामा रुपमा स्थापित हुन अग्रसर हुन अनुरोध पनि गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट