जुत्ता चप्पल प्रदर्शनीमा अफरै अफर

भरतपुर, ५ चैत चितवनमा जारी चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनीमा ग्राहकवर्गहरुको दिनप्रति भीड बढ्दै गएको छ । सस्तो आरामदायी र टिकाउ भएका कारण स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइ बढेको हो । फागुन १७ गतेदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्र जारी प्रथम चितवन नेपाली जुत्ता-चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड लाग्ने […]

अघि बढ्ने भो अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम

भरतपुर, ५ चैत । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा […]

साहित्यसाधक नन्दनलाई नारायणी प्रज्ञा सम्मान दिइने

भरतपुर, ५ चैत । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा-साहित्य, कला, संस्कृतिका क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्रष्टाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यसाधक प्रेमविनोद नन्दनलाई नारायणी प्रज्ञा सम्मान, वरिष्ठ रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठलाई भरतपुर प्रज्ञा सम्मान र वरिष्ठ समाजशास्त्री तथा लोक संस्कृति अन्वेषक डिल्लीराम पोखरेल (डी. आर. पोखरेल) […]

लायन्स क्लब अफ नारायणगढ बालकुमारीमा शंकर आचार्यको नेतृत्व

भरतपुर, ५ चैत । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नारायणगढमा सम्पन्न वार्षिक साधारणसभाको सभापतित्व क्लबका अध्यक्ष रामचन्द्र सापकोटाले गरेका थिए । उक्त सभाले आगामी वर्ष २०२३-२४ का लागि निर्बिरोधरुपमा नयाँ नेतृत्व तय गरेको छ । जसमा लायन वर्ष २०२३-२४का लागि अध्यक्ष शंकरप्रसाद आचार्य, निवर्तमान अध्यक्ष रामचन्द्र सापकोटा, प्रथम […]

त्रिविका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं, ५ चैत । करिब १४ वर्षपछि आज (आइतबार) त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ । आज देशभरका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ। बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म […]

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं, ५ चैत । आज आइतबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले दक्षिण एसियाली देशहरुकै मौसम बदली भएको र त्यही प्रणालीका कारण नेपालमा पनि वर्षा तथा हिमपात भइरहेको […]