त्रिविका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं, ५ चैत ।
करिब १४ वर्षपछि आज (आइतबार) त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

आज देशभरका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ। बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

निर्वाचनका लागि शुक्रबारदेखि नै मौन अवधि समेत सुरु भएको थियो । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट