काठमाडौं, ५ चैत ।
आज आइतबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान् महाशाखाले जनाएको छ ।
अहिले दक्षिण एसियाली देशहरुकै मौसम बदली भएको र त्यही प्रणालीका कारण नेपालमा पनि वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान् महाशाखाले आफ्नो नियमित बुलेटिनमा सोमबारसम्मै मौसम पुरै सफा नहुने सम्भावना रहेको बताएको छ । विहान केहिबेर मौसम सफा भएपनि दिउँसो पुन बदली भएर पानी पर्न थाल्नेछ ।
राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




