कालिका, १ चैत ।
जुटपानी एकेडेमी माध्यमिक विद्यालय कालिका-१ सूर्यपुरमा विद्यार्थीहरूको आँखा परिक्षण गरिएको छ । भरतपुर आँखा अस्पतालका डाक्टरद्वारा कक्षा नर्सरीदेखि कक्षा दससम्मका सबै विद्यार्थीको आँखा परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद सापकोटाले जानकारी दिए ।
लायन्स क्लब अफ नारायणीले सहयोग गरेको सो कार्यक्रममा करिब १ सय जना विद्यार्थीलाई नि:शुल्क औषधी र १० जना विद्यार्थीलाई नि:शुल्क चस्मासमेत वितरण गरिएको थियो ।
आँखा शिविरबाट विद्यार्थीहरु लाभान्वित भएको प्राचार्य सापकोटाले बताए । कार्यक्रम विद्यालय सञ्चालक समिति अध्यक्ष विमल कलाखेतीको संयोजनमा सम्पन्न भएको थियो ।





