राप्ती, २८ फागुन ।
राप्ती नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नगरमा भएगरेका एक दर्जन भन्दा बढी विषयमा उजुरी परेपछि त्यसको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले आइतबार नगरपालिकामा छापा मारेको हो ।
आयोगमा राप्ती-४ मा बन्ने भनी डिपिआर तयार गरिएको आँखा अस्पताल अन्यत्रै सार्ने, नगरप्रमुखको सचिवालयको लागि भनी खरिद गरिएको मोबाइलमा अनिमियता, मनपरि कर्मचारी भर्ती, नियम विपरीत इन्धनको रकम मनपरी बाँढिएको, विपदको पैसा मनपरी खर्च गरेकोलगायतका विषयमा उजुरी परेको थियो । यसै उजुरीउपर छानबिन गर्न आयोगका टोली नगरपालिका आएको थियो ।
छानविनको लागि आवश्यक कागजात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिएका छन् ।




