भरतपुर भ्रमण वर्ष २०२४ मा जापानलाई निम्तो

भरतपुर, २८ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को जापान सरकारलाई निम्तो दिएकी छन् । भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनी सम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहेकी प्रमुख दाहालले यो अभियानमा सहभागी हुन गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमार्फत जापान सरकारलाई निम्तो दिएकी हुन् । जापानका लागि नेपाली राजदूत […]

राष्ट्रपतिमा निर्वाचित पौडेलले कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत

काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति पौडेलले आइतबार पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका हुन् । देउवाले पौडेलको राजीनामा कांग्रेसको विधान, २०१७ (संशोधनसहित) अनुसार आइतबारदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको पार्टी केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

उपराष्ट्रपति निर्वाचन : चार जनाको उम्मेदवारी कायम

काठमाडौँ, २८ फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको हो । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ । उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य […]

राप्ती नगरपालिकामा अख्तियारको छापा

राप्ती, २८ फागुन । राप्ती नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नगरमा भएगरेका एक दर्जन भन्दा बढी विषयमा उजुरी परेपछि त्यसको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले आइतबार नगरपालिकामा छापा मारेको हो । आयोगमा राप्ती-४ मा बन्ने भनी डिपिआर तयार गरिएको आँखा अस्पताल अन्यत्रै सार्ने, नगरप्रमुखको सचिवालयको लागि भनी खरिद गरिएको […]

चिसापमा अधिकारी र रेग्मी सम्मानित हुँदै

भरतपुर, २७ फागुन । चितवन साहित्य परिषद् (चिसाप)को शनिबारको बैठकले आगामी चैत ४ गते शनिबार कार्यक्रम आयोजना गरि स्रस्टाहरू उदय अधिकारी र सनत रेग्मीलाई सम्मान गर्ने निर्णय गरेको छ । चितवन निवासी सम्वार्ताकार, समीक्षक तथा अध्यापक उदय अधिकारीलाई `चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार-२०७९´ प्रदान गर्न लागिएको हो । नगद १५ हजार ४५ रुपैयाँ र कदरपत्रले […]

प्रवासको छटपटी : अमेरिका अनुभूति

अमेरिका अर्थात् स्वप्नभूमि । अमेरिका अर्थात् अवसरको भूमि । अमेरिका अर्थात् कर्मलाई फलदायी बनाउने भूमि । जति नै प्रशंसा गरे पनि कम हुन्छ अमेरिकाको बारेमा । आकर्षणको चुलीमा रहेको यही भूमिमा दुई दशकभन्दा बढी समय बिताए सुभाष घिमिरेले । अमेरिकामा सुखमात्र नभई दुःखको समेत साक्षात्कार गरेका घिमिरेले प्रवासको छटपटीलाई समेटेर बेलाबखतमा लेखिएका अनुभूतिलाई पुस्तकको रुप […]

यूएईमाथि नेपालको कीर्तिमानी जित

काठमाडौँ, २८ फागुन । नेपाली क्रिकेट टिमले सन् २०२७ सम्मका लागि आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा युनाइटेड अरब इमरेट्स (युएई) लाई १ सय ७७ रनले पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता जोगाएको हो । यस जितसँगै नेपाल […]

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष […]