महिला बन्दीलाई सहयोग

भरतपुर, २४ फागुन ।
११३ औँ नारी दिवसको अवसरमा स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले बुधबार भरतपुर कारागारमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका ५२ जना महिला बन्दीहरूका लागि आवश्यक प्याड, कपडा र खाद्यान्न वितरण गरेको छ ।

क्लबकी अध्यक्ष सम्झना प्रधान र कारागार प्रमुख कमलप्रसाद आचार्यले सहयोग सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक नीलिमा प्रधानले बताइन् । सचिव इन्दु श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठ, स्पाउज क्लबकी पूर्वअध्यक्ष नीरा श्रेष्ठ, सदस्यहरू दुर्गा श्रेष्ठ, अञ्जु प्रधान, सुरक्षा श्रेष्ठ र प्रविणा श्रेष्ठको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट