२०७९ फागुन २५ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)
महिला बन्दीलाई सहयोग

भरतपुर, २४ फागुन । ११३ औँ नारी दिवसको अवसरमा स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले बुधबार भरतपुर कारागारमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका ५२ जना महिला बन्दीहरूका लागि आवश्यक प्याड, कपडा र खाद्यान्न वितरण गरेको छ । क्लबकी अध्यक्ष सम्झना प्रधान र कारागार प्रमुख कमलप्रसाद आचार्यले सहयोग सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक नीलिमा प्रधानले […]
नीलकण्ठ पौडेल स्मृति पुरस्कारहरू सार्वजनिक

भरतपुर, २४ फागुन । नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान भरतपुर-१० चितवनले स्वर्गीय पण्डित नीलकण्ठ पौडेलको १०६ औं जन्मजयन्तीका अवसरमा प्रदान गरिने विभिन्न पुरस्कारहरू सार्वजनिक गरेको छ । प्रतिष्ठानका संस्थापक, प्रधानसंरक्षक तथा अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न पुरस्कारहरू सार्वजनिक गरेको हो । पण्डित नीलकण्ठ पौडेल स्मृति राष्ट्रिय साहित्य पुरस्कार महाकाव्यकार पोषराज पौडेललाई दिने निर्णय […]
व्यापार मेलामा दर्शकको चाप

गैँडाकोट, २४ फागुन गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को हालसम्म २२ हजार दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालन भएको चौथो दिनसम्म आइपुग्दा २२ हजार दर्शकले मेलाको अवलोकन गरेको मेला सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए । भट्टचनका अनुसार मेलाको चौथो दिन बुधबारमात्रै करिब पाँच हजार […]
बारपाकमा विपद्माथि विमर्श

भरतपुर, २४ फागुन बहत्तर, बारपाक र विपद् विस्मृतिमा बिलाउँदैनन् । कारण २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे देशै हल्लाउने गरी आएको भूकम्पको केन्द्रबिन्दु हो बारपाक । त्यही बारपाकमा मंगलबार बिहान विपद्माथि विमर्श गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ चितवन शाखाकोे संयोजनमा भएको कार्यक्रममा अग्रज पत्रकार दीपक आचार्यले विपद्बाट जोगिने […]
डा. बि.एम.को सम्झनामा पत्रकारलाई लेखनवृत्ति

भरतपुर, २४ फागुन चितवनका सक्रिय पत्रकारलाई क्यान्सर सचेतनासम्बन्धी लेखनवृत्ति दिइने भएको छ । क्यान्सरका कारण तीन वर्षअघि अल्पायुमै ज्यान गुमाएकी दन्त चिकित्सक डा. विष्णुमाया खरेल लामिछाने (बि.एम.)का परिवारले स्थापना गरिदिएको अक्षयकोषबाट लेखनवृत्ति दिइने भएको हो । लेखनवृत्तिका लागि स्थापना गरिने अक्षयकोषका लागि प्रस्तावित बि.एम. फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच बुधबार हस्ताक्षर भएको छ […]
वैजनी रङ र महिला दिवस

जसरी रातो रङले उत्साह र क्रान्ति अनि सेतोले शान्तिको प्रतिनिधित्व गर्छ, त्यसरी नै वैजनी रङले न्याय र गरिमाको । ‘महिला दिवस’सँग वैजनी, हरियो र सेतो रङले विशेष महत्त्व राख्ने रहेछ । हुन त हरेक रङको आफ्नै अर्थ छ अनि महत्त्व र गरिमा पनि । विचारको तुलोमा राख्दा रङले राख्ने महत्त्व जति पनि मानव समाजमा महिलाले […]
लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार माग

भरतपुर, २४ माघ । लोकसेवा आयोगले खरिदारमा पदमा विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको हो । आयोगले प्रशासन, न्यायलगायत क्षेत्रका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । उम्मेदवारले चैत १४ गतेसम्म दरखास्त पेस गर्न […]
चितवनको मौसममा आंशिक बदली, वर्षा हुन सकेन

भरतपुर, २४ फागुन । बिहानैदेखि चितवनको मौसममा आंशिक बदली देखिएको छ । जिल्लाका सबै पालिकामा बिहानपख छिटफुट वर्षा भए पनि ठूलो पानी पर्न सकेको छैन । अहिले मुलुकका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको […]
आज अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं, २४ फागुन । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । नेपालमा ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको […]
साइँलाबाको सम्झना

साइँलाबा अर्थात दुईदैले साइँलाबा । यही नामले गैरीमा परिचीत साइँलाबाले आफ्नो जीवनकालमा वडावासीका लागि बिर्सन नसकिने गुन लगाउनु भएको छ । आज फागुन २४ गते साइँलाबाले संसार छाडेर गएको पनि १३ दिन पुगेको छ । साइँलाबाले हामी सबैलाई छाडेर गए पनि साइँलाबाले आफ्नो जीवनकालमा गरेका कर्मले हामीले साइँलाबा भनेर सम्झिरहन सक्छौँ । साइँलाबा अर्थात् केशवप्रसाद […]
भेटेरान कपको उपाधि पाखुरीचोकलाई

भरतपुर, २४ फागुन । रंगहरुको पर्व होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले आयोजना गरेको टोल स्तरीय भेटेरान भलिबल प्रतियोगिताको उपाधि पाखुरीचोक टोल विकास संस्था (क)ले जितेको छ । क्लबको कार्यक्षेत्र रहेको भरतपुर-१३ का टोल विकास संस्थाहरुबाट सहभागी ११ टिमलाई पछि पार्दै पाखुरीचोकले उपाधि जितेको हो । हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालय, चम्पानगरको खेल मैदानमा […]