वैजनी रङ र महिला दिवस

जसरी रातो रङले उत्साह र क्रान्ति अनि सेतोले शान्तिको प्रतिनिधित्व गर्छ, त्यसरी नै वैजनी रङले न्याय र गरिमाको । ‘महिला दिवस’सँग वैजनी, हरियो र सेतो रङले विशेष महत्त्व राख्ने रहेछ । हुन त हरेक रङको आफ्नै अर्थ छ अनि महत्त्व र गरिमा पनि । विचारको तुलोमा राख्दा रङले राख्ने महत्त्व जति पनि मानव समाजमा महिलाले राख्न नसकेको देखिन्छ । त्यसैले होला वर्षमा एक दिन ८ मार्च मा महिला दिवस मनाइन्छ । यसको मतलब बाँकी ३६४ दिन पुरुष दिवस हुन् त ?

जाति, धर्म, लिङ्ग र राजनीतिभन्दा माथि उठेर हेर्ने हो भने समग्र मानवभित्र पुरुष र महिला छन् । प्राकृतिकरूपमा मानव सृष्टि सञ्चालनको अभिभारा पाएका यी नर र नारी एकले अर्कालाई समानताको धरातलमा उभ्याउने हैसियत बनाउने हो भने न पुरुष न महिला कुनै दिवसको पनि आवश्यकता रहने थिएन । जसरी वर्णाश्रम धर्म व्यवस्थामा कामका आधारमा ब्राह्मण, क्षत्रीय, वैश्य शूद्र विभाजनले पछिल्लो समय तल्लो र उपल्लो जातको प्रतिनिधित्व गरेर नेपालजस्तो विकासोन्मुख देशमा विखण्डन निम्त्याएको छ ।

सन् १९०० को दशकमा हालका विकसित मानिएका देशमा चरम लैङ्गिक विभेद भएपछि सन् १९०८ मा १५ हजार महिलाले न्युयोर्क सिटीमा काम गर्ने समय थोरै तथा ज्याला राम्रो दिनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राखेर ¥याली गरे। त्यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले राष्ट्रिय महिला दिवस घोषण ग¥यो । यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने माग ‘क्लारा जेट्किनको’ थियो । सन् १९१० मा कोपनहेगनमा भएको १७ राष्ट्रका १०० महिलाले क्लाराले राखेको मागको समर्थन गरेका थिए ।

सन् १९११ देखि यो दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क, स्वीट्जरल्यान्ड जस्ता देशले मनाउँदै आए । सन् १९७५ मा संयुक्त राष्ट्रसंघले ‘महिला दिवस’ मनाउनु नै यसले आधिकारिकता पाउनु थियोे । समाज राजनीति र आर्थिक क्षेत्रमा महिलाहरू कहाँ आइपुगे ? भन्ने मापनको विषय बनेको ठाने पनि नेपाल जस्तो विकासोन्मुख राष्ट्रका महिलाका लागि ‘बास र गाँस’को माग मात्र नभएर शारीरिक र मानसिकरूपमा सम्मानित जीवन जिउन कागजी हक प्राप्त भए पनि व्यवहारिक नबनेको देखिन्छ ।

समान कामको समान ज्याला पाउन, स्वतन्त्ररूपमा बोल्न, डुल्न, खान पाउनु तथा महिलाले पुरुष बराबर आत्मासम्मानको जीवन जिउन पाउनुपर्छ । व्यक्तिगत र पारिवारिक निर्णयसमेत लिन पाउने हो भने बल्ल महिला दिवसको औचित्य रहन्छ अनि गरिमा बढ्छ । उखान र टुक्कामा सीमित रहेको “एक रथका दुई पाङ्ग्रा’ र ‘एक सिक्काका दुई पाटा’ को व्यवहारमा उतार्नु हर दिन महिला दिवस हुनु हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट