भेटेरान कपको उपाधि पाखुरीचोकलाई

भरतपुर, २४ फागुन ।
रंगहरुको पर्व होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले आयोजना गरेको टोल स्तरीय भेटेरान भलिबल प्रतियोगिताको उपाधि पाखुरीचोक टोल विकास संस्था (क)ले जितेको छ । क्लबको कार्यक्षेत्र रहेको भरतपुर-१३ का टोल विकास संस्थाहरुबाट सहभागी ११ टिमलाई पछि पार्दै पाखुरीचोकले उपाधि जितेको हो ।

हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालय, चम्पानगरको खेल मैदानमा भएको फाइनल खेलमा पाखुरीचोकले धनुुकिरण टोल विकास संस्थालाई २६–२४ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो ।
विजयी टिमलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लबका उपाध्यक्ष रवि सुवेदीले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उपविजेता धनुकिरण टोल विकास संस्थाले १० हजार रुपैयाँ र तृतीय बाटुली पोखरी टोल विकास संस्थाले पाँच हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको  प्रोत्सान पुरस्कारस्वरुप पाखुरीचोक टोल विकास संस्था (ख) ले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
भलिबल खेलको प्रबर्द्धन गर्दै फागु पूर्णिमाको मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न ३५ वर्ष माथिको भेटेरान भलिवल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सन्जिव न्यौपानेले बताए ।

चौथो राईनोकुञ्ज भेटेरान भलिबल प्रतियोगिता  २०७९ नाम सहित सोमबारबाट शुरु भएर मंगलबार सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट