डा. बि.एम.को सम्झनामा पत्रकारलाई लेखनवृत्ति

भरतपुर, २४ फागुन
चितवनका सक्रिय पत्रकारलाई क्यान्सर सचेतनासम्बन्धी लेखनवृत्ति दिइने भएको छ । क्यान्सरका कारण तीन वर्षअघि अल्पायुमै ज्यान गुमाएकी दन्त चिकित्सक डा. विष्णुमाया खरेल लामिछाने (बि.एम.)का परिवारले स्थापना गरिदिएको अक्षयकोषबाट लेखनवृत्ति दिइने भएको हो ।

लेखनवृत्तिका लागि स्थापना गरिने अक्षयकोषका लागि प्रस्तावित बि.एम. फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच बुधबार हस्ताक्षर भएको छ । स्वर्गीय बि.एम.को तेस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तावित फाउण्डेसनको तर्फबाट डा. प्रमोद लामिछाने र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले हस्ताक्षर गरे ।

एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर–१०, चितवनका तत्कालीन प्रबन्ध निर्देशक स्व.डा.विष्णुमाया खरेल लामिछाने (बि.एम.)को पेटको क्यान्सरका कारण २०७६ फागुन २४ गते ३७ वर्षको युवा उमेरमै निधन भएको थियो ।

एलाईभ हस्पिटल स्थापना र सञ्चालनमा विशेष पहल र योगदान गरेका डा. बि.एम.ले क्यान्सरविरुद्ध ३४ महिना संघर्ष गरेकी थिइन् ।
प्रस्तावित फाउण्डेसनका तर्फबाट एलाईभ हस्पिटलका कार्यकारी अध्यक्ष डा. प्रमोद लामिछानेले बिउ पुँजीको रूपमा एकमुष्ठ ५ लाख रुपैयाँ उपलब्ध गराएका छन् । बिउ पुँजी क्रमशः वृद्धि गरी २० लाख रुपैयाँसम्म पु¥याउने लक्ष्य राखिएको उनले बताए ।

समाजमा फैलँदै गएको क्यान्सर रोगविरुद्ध पत्रकारितामार्फत समाजमा सचेतना फैलाउने उद्देश्यले सकेसम्म धेरै पत्रकारलाई लेखनवृत्तिमा सहभागी गराइने लक्ष्य लिइएको पत्रकार महासंघका अध्यक्ष अधिकारीले बताए ।

बिउ पुँजीलाई फाउण्डेसन र नेपाल पत्रकार महासंघले संयुक्तरूपमा सञ्चालन गर्ने अक्षय कोषमा राखिने छ । त्यसबाट प्राप्त हुने वार्षिक ब्याजमा फाउण्डेसनले नपुग रकम थपी एक लाख रुपैयाँ नेपाल पत्रकार महासंघ चितवनमा आबद्ध सक्रिय पत्रकारलाई लेखनवृत्ति दिइने छ । लेखनवृत्तिका लागि नेपाल पत्रकार महासंघले कार्यविधि निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट