भरतपुरमा खुल्यो चितवन ड्राइभिङ स्कुल

भरतपुर, १३ फागुन ।

चार जना युवाको संयुक्त लगानीमा अत्यधुनिक ड्राइभिङ स्कुल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा चितवन ड्राइभिङ स्कुल सञ्चालनमा ल्याइएको हो ।

संस्थाले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिएको हो । औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एकसाताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक माधवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताए । ‘यस भन्दा अघि पांँचजनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहनु भएको छ । आजबाट स्कुल औपचारिक रुपमा सञ्चाललनमा आएसंँग आवश्यकता अनुसार अन्य त्यस्ता व्यक्तिलाइ निःशुल्क प्रशिक्षण दिनेछौं’ अधिकारीले भने ।

दक्ष सवारी चालक बनाउन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित संस्थाले सवारी चालक प्रशिक्षण शुरु गरेको एवं दक्ष अनुभवी प्रशिक्षकद्वारा सवारी साधनको सैदान्तिक तथा व्यवहारिक ज्ञान संँगै परामर्श दिइने अर्का सञ्चालक विवेकजंग थापाले जानकारी दिए ।
नेपाल सरकारको सवारी चालक निर्देशिका २०७४ बमोजिम सबै मापदण्ड पूरा गरी चितवनमै पहिलोपटक आधिकारिक मान्यता प्राप्त गरी सञ्चालनमा ल्याइएको थापाले बताए । चितवन तथा छिमेकी जिल्लालाई लक्षित गरीे दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिई कुशल चालक उत्पादन गर्ने र सबै चालकहरुलाई सवारी अनुमति पत्रको पहुंँच पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको थापाको भनाइ छ ।

अत्याधुनिक पूर्वाधारसहित यो ड्राइभिङ स्कुलमा माधवप्रसाद अधिकारी, राजन क्षेत्री, विवेकजंग थापा र रामनारायण घिमिरेले ५ करोड लगानीमा यो स्कुल सञ्चालनमा ल्याएका हुन् । अत्याधुनिक पूर्वाधार र सेवासहित दुई बिघा क्षेत्रफलमा फैलिएको यो स्कुलमा प्रशिक्षार्थीलाई लक्षित गरी हाल दश जना प्रशिक्षकद्वारा एकैपटक २० जनाभन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने क्षमता यस स्कुलको रहेको छ । हाल स्कुलमा मोटरसाइकल, स्कुटर, अटो र हलुका चारपांँग्रे सवारी साधन प्रशिक्षणको सुविधा रहेको छ ।

प्रशिक्षार्थीको माग र आवश्यकता अनुसार भविष्यमा अन्य सवारी साधनको लागि पनि प्रशिक्षण दिने तयारी संस्थाले गरेको छ । आगामी दिनमा ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम तथा सचेतना जस्ता विषयलाई पनि सँगै लैजाने योजना रहेको अर्का सञ्चालक रामनारायण घिमिरेले बताए । यस स्कुललाई देशकै नमुना ड्राइभिङ स्कुलमात्र नभै सवारी सुरक्षा सम्बन्धि अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ । भविष्यमा अन्य जिल्लामा पनि शाखा बिस्तार गरी दक्ष चालक उत्पादन गरी दुर्घटना न्यूनीकरण गर्दै सवारी आवागमनमा सहज पुग्ने ध्येयका साथ अघि बढ्ने संस्थाको योजना रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट