माडीका होटल व्यवसायीलाई उद्घोषण तालिम

माडी, १३ फागुन ।
होटल व्यवसायी संघ चितवन ,माडी इकाईले एक हप्ते व्यक्तित्व विकास एवम् उद्घोषण तालिम आयोजना गरेको छ ।

उद्योग वाणिज्य संघ, चितवनको आर्थिक सहयोगमा संचालित सो तालिमको समापन समारोहमा माडी इकाइका अध्यक्ष गोपाल श्रेष्ठ सभापति, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथि, माडी-३ का वडाअध्यक्ष पुरण चौधरी, होटल व्यवसायी संघ, चितवनका अध्यक्ष केशब हडखोले विशिस्ट अतिथि रहेका थिए । कार्यक्रम संयोजक नारायण सुवेदीले स्वागत मन्तव्य दिएको कार्यक्रम वसन्तपुरस्थित होटल प्याराडाइजमा संचालन गरिएको हो । सञ्चारकर्मी मनोज पन्त र करिश्मा थापाले व्यक्तित्व विकास र उद्घोषण सम्बन्धि तालिम प्रदान गरेका थिए ।

तालिम समापन समारोहलाई प्रशिक्षार्थीहरुले नै सञ्चालन गरेका थिए । फागुन महिनाभित्र होटल व्यवसायी संघ, चितवन माडी इकाईले २० जनाको लागि कुक सम्बन्धि तालिम सञ्चालन गर्न लागेको अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट