गैंडाकोट जेसीजका पदाधिकारीलाई तालिम

गैंडाकोट, १३ फागुन ।
गैंडाकोट जेसीजको आयोजनामा लोम अफिसर्स तालिम सम्पन्न भएको छ । गैंडाकोटस्थित सहमतिको सभाहलमा भएको तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजका पूर्वकार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भुसाल रहेका थिए ।

तालिममा प्रशिक्षक भुसालले जेसीजका विभिन्न जिम्मेवार पदहरुको काम, कर्तव्य तथा अधिकारका विषयमा जानकारी गराएका थिए । पदाधिकारीलाई तिनको काम कर्तव्यवोधका लागि दिइने यो तालिम निकै फलदायी रहेको गैंडाकोट जेसीजका मिडिया निर्देशक तेजेन्द्र रानाले बताए । गैंडाकोट जेसीजका वर्ष २०२३ का अध्यक्ष रोजन घिमिरेको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा वर्ष २०२२ का शंकर अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

तालिमपश्चात् सहभागीहरुले प्रशिक्षक भुसाल समक्ष विभिन्न जिज्ञासा पनि राखेका थिए । कार्यक्रमको सहजीकरण वर्ष २०२३ का महासचिव हरि पौडेलले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट