विमर्शमा `जेम्स बौलाएको दिन´

भरतपुर, १३ फागुन ।
कथाकार सीताराम कोइरालाको कथासङ्ग्रह जेम्स बौलाएको दिनमाथि विमर्श गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा शुक्रबार भरतपुरस्थित निर्भाना रिसोर्टमा कार्यक्रम गरिएको हो ।

विमर्श कार्यक्रममा बोल्दै समीक्षक उदय अधिकारीले सीताराम कोइरालाले कथाहरूमा इमानदारिता प्रस्तुत गरेको बताए । `सबै कथाहरूमा लेखकले आफ्नै किसिमको सरल र इमानदारी स्वभावलाई समेट्नुभएको छ´, अधिकारीले भने ।

अर्का समीक्षक रमेश प्रभातले जेम्स बौलाएको दिनमा लेखकले वैदेशिक रोजगारका क्रमका भोगाइ र अनुभूतिलाई कथाका रूपमा लेखेको बताए । लेखक कोइरालाले बिदेशमा रहँदा बस्दा संगत गरेका विभिन्न मुलुकका पात्रहरूका गतिविधिलाई कथाका माध्यमबाट लेख्ने कोसिस गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले कथाकार सीताराम थोरै बोल्ने तर धेरै लेख्ने व्यक्ति भएको बताए । धेरै कथामा दलालीकरणका प्रसङ्गलाई कथाकारले समेटेको पनि रेग्मीले बताए ।

कार्यक्रममा जगन्नाथ पण्डित, केशव क्षेत्री, सिर्जन अविरललगायतले सीताराम कोइरालाको लेखन कर्मका बारेमा बोल्दै शुभकामना व्यक्त गरेका थिए । `काम गर्न मलेसिया गएका सीतारामजीले आफ्नो कला र क्षमतालाई नबिर्सेर त्यसलाई लिपिबद्ध गरि पुस्तक लिएर आउनुभएको छ´, अविरलले भने – `वैदेशिक रोजगारीमा पैसा कमाउन गएको मान्छेले पुस्तक लिएर आउनु सबैभन्दा ठूलो कमाइ हो ।´ भाषासेवी अविरल यात्रीले सहजीकरण गरेको कार्यक्रम सम्पूर्ण किताबका लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट