राष्ट्रपतिका लागि आज मनोनयन

काठमाडौँ, १३ फागुन ।

मुलकको तेस्रो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।

शुक्रबार साँझ आठ दलबीच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरेर राजनीतिक परिस्थिति बदलिएपछि नेकपा एमालेले भने राष्ट्रपति निर्वाचनमा के गर्छ ? भन्ने अझै अन्यौल कायम छ । यद्धपी एमालेले आजको सचिवालय बैठकबाट निर्णय लिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट