च्वास्स झोल म:म: अब टाँडी बजारमा

रत्ननगर, १३ फागुन ।
नेपालमा खाजाको रुपमा सर्वाधिक बिक्री हुने परिकार मध्ये मःम: पनि एक हो । विशेषगरि मःम: बच्चा र युवा वर्गहरुले रुचाउँछन् । मःम : भेज र ननभेज दुबैमा पाईन्छ । मःम:सँगै आउने अचार र झोलमा यसको स्वाद फरक पर्छ ।

नेपालभर मःम:का केही ब्राण्डहरु रहेका छन् । यस्ता ब्राण्डहरु मध्ये एउटा ब्राण्ड हो च्वास्स झोल मःम: । च्वास्स झोल मःम: चितवनको नारायणगढमा ३ वटा शाखाहरु रहेका छन् भने चौथो शाखाको रुपमा रत्ननगरको टाँडी बजारमा सञ्चालनमा आएको छ । चितवनमा च्वास्स ब्राण्ड लोकप्रिय मानिन्छ ।

नारायणगढको लायन्सचोक, विशालचोक र कुमारीचोक पछि रत्ननगरमा सञ्चालनमा ल्याइएको यसका सञ्चालक प्रकाश डल्लाकोटीले बताए । मःम:को झोलको स्वाद नै ग्राहकहरुको सन्तुष्टि रहेको उनको भनाई छ । मःम:बोसो रहित हो र केही मिसावट नहुने उनले जानकारी दिए ।

चौथो शाखाको रुपमा सञ्चालनमा आएको रत्ननगर टाँडी शाखाको औपचारिक उद्घाटन फागुन १३ गते शनिबार हुने डल्लाकोटीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट