नारायणी किनारमा सवा करोड दीप बल्दा हजारौँ सहभागी

भरतपुर, १२ फागुन
नारायणी नदी किनारमा माघ १२ गतेदेखि जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा शुक्रबार सवा करोड दीप बालिएको छ । महायज्ञको दीप प्रज्ज्वलन कार्यक्रममा हजारौँ भक्तजन सहभागी भएका छन् ।
विभिन्न भक्तजन, आमा समूह, मन्दिर र सत्संग समूहले बत्तीको व्यवस्था गरेका थिए । दीप प्रज्ज्वलन विश्व शान्ति र राष्ट्र कल्याणको लागि महत्वपूर्ण भएको महायज्ञ संयोजक एवम् श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले बताए । बत्ती बाल्नुअघि सवा करोड पटक हवन गरिएको उनले बताए ।
महायज्ञमा तर्पण र मार्जनको काम भने बाँकी छ । महायज्ञ फागुन १५ गते सकिँदै छ । बाँकी तीन दिनमा तर्पण र मार्जनको काम हुने उनले बताए । श्री सनातन संस्कृति संरक्षण अभियान र श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञका अध्येता एवम् राष्ट्रगुरु योगी नरहरिनाथलाई सम्झँदै नारायणी किनारमा कोटिहोम महायज्ञको आयोजना गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट