प्रधानसम्पादक कँडेल सम्मानित

भरतपुर, १२ फागुन कायाकैरन दैनिकका प्रधानसम्पादक सूर्यप्रकाश कँडेल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनबाट सम्मानित भएका छन् । इच्छाकामना–७, स्याङ्दीमा शुक्रबार आयोजित फोनिज चितवनको नवौँ वार्षिक साधारणसभा तथा जिल्ला भेलाको अवसरमा प्रधानसम्पादक कँडेललाई सम्मानित गरिएको हो । चितवनको पत्रकारिता क्षेत्रमा विगत २५ वर्षदेखि निरन्तर सक्रिय रही समग्र पत्रकारिता क्षेत्रबाट समाजमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन […]

अधुरा कामले पूर्णता पाउँछन् : मेयर दाहाल

भरतपुर, १२ फागुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा केही अधुरा र रोकिएका कामले पूर्णता पाउने बताएकी छन् । सकृय ज्येष्ठ नागरिक कल्याण समाज भरतपुर–२६ को छैटौँ साधारणसभालाई सम्बोधन गर्दै मेयर दाहालले रोकिएको कामलाई गति दिने गरी पहल भइरहेको उल्लेख गरिन् । मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार, गौतम बुद्ध क्रिकेट रंगशाला, मेघौली विमानस्थलको स्तरोन्नति लगायतको […]

महिला अभिभावकको क्यान्सर परीक्षण

भरतपुर, १२ फागुन नारायणी पब्लिक स्कुल भरतपुर ११ को आयोजना र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका ८१ जना महिला अभिभावकको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ७ जना अभिभावकको स्वास्थ्यमा समस्या देखिएकाले थप परीक्षणको लागि अस्पतालमा रिफर गरिएको छ […]

सनराइजमा जिल्लास्तरीय नृत्य प्रतियोगिता

भरतपुर, १२ फागुन सनराइज इङ्ग्लिस स्कुलले प्राथमिक तहका विद्यार्थीहरुका लागि जिल्लास्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको बहुउद्देश्यीय सभाहलमा शुक्रबार सम्पन्न प्रतियोगितामा चितवनका १२ वटा विद्यालयका नृत्य समूहले नृत्यकला प्रस्तुत गरेका थिए । विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक कञ्चन लामाले गरेकी थिइन् । प्रमुख अतिथि अर्यालले […]

नारायणी किनारमा सवा करोड दीप बल्दा हजारौँ सहभागी

भरतपुर, १२ फागुन नारायणी नदी किनारमा माघ १२ गतेदेखि जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा शुक्रबार सवा करोड दीप बालिएको छ । महायज्ञको दीप प्रज्ज्वलन कार्यक्रममा हजारौँ भक्तजन सहभागी भएका छन् । विभिन्न भक्तजन, आमा समूह, मन्दिर र सत्संग समूहले बत्तीको व्यवस्था गरेका थिए । दीप प्रज्ज्वलन विश्व शान्ति र राष्ट्र कल्याणको लागि महत्वपूर्ण भएको महायज्ञ संयोजक […]

सिंगापुरलाई हराउँदै विश्वकप छनोटमा नेपालको शानदार सुरुवात

काठमाडौँ, १२ फागुन । नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि ९६ रनको शानदार जित हात पारेको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । सिंगापुरका आर्यन मोदीले सर्वाधिक ५८ रनको योगदान दिए । मोदी रन आउट भएका थिए । सिद्धान्त […]

आठ दलको सहमतिपछि रास्ट्रपति पद कांग्रेसलाई पक्का

काठमाडौँ, १२ फागुन । विभिन्न आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताए । ‘आज राष्ट्रपतिको मात्र कुरा भयो । कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं,’ उनले भने । प्रधानमन्त्री […]

हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

रत्ननगर, १२ फागुन । रत्ननगर नगरपालिका–६ हात्तीसार नजिकै जङ्गली हात्ती गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट ६ जनाको मृत्यु भएको […]

सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश

काठमाडौँ, १२ फागुन । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो । उनलाई […]

सन्दीपले विदेश गएर खेल्न नपाउने

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लामिछानेलाई  विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे हो । साथै, इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आईतबार पेशी तोक्न आदेश दिएको छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको […]

किसानलाई पशुजन्य सामग्री वितरण

देवचुली, १२ फागुन । देवचुली नगरपालिका-१४ का पशुपालक किसानहरूका लागि पशुजन्य सामग्री वितरण गरिएको छ । देवचुली १४ का पशुपालक कृषकहरुका लागि यस आर्थिक वर्षमा समृद्ध पशुपालन कार्यक्रमका लागि विनियोजित रकमबाट डेक्ची, बाल्टी, त्रिपाल, ठेलागाडालगायतका सामग्री वितरण गरिएको हो । देवचुली १४ को आर्थिक सहयोग तथा मिलिजुली पशुपालन समूहको आयोजनामा बिहीवार वडा कार्यालयबाट सो सामग्री […]

सन्दीपको निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ, १२ फागुन । क्रिकेटर सन्दीप लामिछानले खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथि सुनुवाइका लागि आज (शुक्रबार)लाई पेसी तोकिएको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए । […]

जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने

किभ- युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र […]

पाहुनालाई सौराहा भ्रमणको उत्कृष्ट अनुभव दिन हामी तयार छौं : अर्याल

पर्यटन नगरी चितवनको सौराहामा आज शुक्रबारदेखि सुविधाजनक होटल सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुञ्ज चोकमा होटल आइकावा सञ्चालनमा आएको हो । करिव १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त होटलमा डिलक्स १८, सुपर डिलक्स ९, स्वीट ३ वटा गरि तीसवटा सुविधासम्पन्न कोठा छन् । बारको क्षमता ३० जनाको छ भने चौबिसैघण्टा […]