हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

रत्ननगर, १२ फागुन ।
रत्ननगर नगरपालिका–६ हात्तीसार नजिकै जङ्गली हात्ती गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट