अधुरा कामले पूर्णता पाउँछन् : मेयर दाहाल

भरतपुर, १२ फागुन
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा केही अधुरा र रोकिएका कामले पूर्णता पाउने बताएकी छन् ।
सकृय ज्येष्ठ नागरिक कल्याण समाज भरतपुर–२६ को छैटौँ साधारणसभालाई सम्बोधन गर्दै मेयर दाहालले रोकिएको कामलाई गति दिने गरी पहल भइरहेको उल्लेख गरिन् । मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार, गौतम बुद्ध क्रिकेट रंगशाला, मेघौली विमानस्थलको स्तरोन्नति लगायतको काम अब केही समयपछि सुरु हुने बताइन् । यसका लागि प्रधानमन्त्री कार्यालयबाट मन्त्रीपरिषदमा यी विषयहरुलाई लैजाने तयारी भइरहेको उनले जानकारी दिइन् ।

भरतपुरमा पहिलो चरणको स्मार्ट लाइट जडानको काम सम्पन्न भइसकेको र दोस्रो चरणमा करिब १ सय ५० किमीको लागि केही दिनमा बोलपत्र आह्वान हुन लागेको पनि उनले जानकारी दिइन् । यी लाइटहरु जडान भएसँगै भरतपुरका मुख्य सडकहरुमा स्मार्ट लाइट जडानको कार्य सकिने उनको भनाइ थियो ।

भरतपुरमा अहिले एक वडा एक पार्क, एक विद्यालय एक खेल मैदान, एक वडा एक ज्येष्ठ नागरिक भवन, एक वडा एक खेलमैदान लगायतका काम अगाडि बढाइएको उनको भनाइ थियो । भरतपुरलाई सुखी, खुसी र समृद्ध सहर बनाउने गरी ज्येष्ठ नागरिकलाई मध्यनगर राख्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन् ।
मेयर दाहालले जनताबाट प्राप्त हौसलाका कारण आफू भरतपुरको विकासमा अहोरात्र खटिरहेको दाबी गरिन् । उनले भरतपुरमा विगत ५ वर्षमा भएको कामकै कारण दोस्रोपटक जनताले ठूलो आशा र भरोसाका साथ आफूलाई निर्वाचित गरेकाले जनताको भावना अनुसार नै काम हुने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनाल, समाजसेवी चित्रलाल शेरचन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको भवन निमार्ण गर्न सहयोग पुर्‍याउनेहरुलाई सम्मान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट