भरतपुर, १२ फागुन
नारायणी पब्लिक स्कुल भरतपुर ११ को आयोजना र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका ८१ जना महिला अभिभावकको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ७ जना अभिभावकको स्वास्थ्यमा समस्या देखिएकाले थप परीक्षणको लागि अस्पतालमा रिफर गरिएको छ ।
क्यान्सर अस्पतालका स्क्रिनिङ विशेषज्ञ मन्जु शर्मा, तारा दवाडी लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । स्कुलले यस्तै खालको शिविर तथा परीक्षण विगतका दिनहरुमा पनि गर्दै आएको र यस्ता कार्यक्रहरुले आफूहरुलाई निकै नै फाइदा पुगेको अभिभावकहरुको भनाइ रहेको कार्यक्रम संयोजक अनिसा श्रेष्ठले जानकारी दिइन् ।





