रत्ननगर, ७ फागुन
रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा अवस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलबाट एसएलसी तथा एसइई उत्तीर्ण गरी समाजका विभिन्न स्थानमा रहेका पूर्वविद्यार्थीहरुको भेलाले लाइसियम पूर्वविद्यार्थी समाज गठन गरेको छ ।
लाइसियम डेभलपमेन्ट ग्रुप प्रा.लि. का अध्यक्ष शरदचन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक सूर्यकुमार श्रेष्ठ प्रमुख अतिथि थिए । श्रेष्ठले आफ्ना विद्यार्थीहरुको सफल जीवन देखेर अत्यन्त खुशी भएको भन्दै भेलाले चयन गर्ने कार्य समितिले लाइसियम स्कुल र विद्यार्थीहरुका बीचमा सहमति, सहकार्य र एकता कायम हुने कुरामा विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर पौडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए भने विद्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष नारायणप्रसाद अमगाई, शिक्षक अभिभावक संघका अध्यक्ष पुष्पराज भण्डारी, पूर्वविद्यार्थी सुमन पौडेल र निशा श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका शिक्षक डा. मधुसुदन लामिछानेको संयोजकत्वमा शिक्षक भीमाकुमारी थापा र प्रदीप खड्का सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डलले कार्यक्रमको दोस्रो सत्रमा लाइसियम पूर्वविद्यार्थी समाजको कार्यसमिति सर्वसम्मतिमा चयन गरेको थियो ।
एघार सदस्यीय कार्यसमितिमा सुमन पौडेल अध्यक्ष, निशान श्रेष्ठ उपाध्यक्ष, रविन अधिकारी सचिव, मनिषा श्रेष्ठ कोषाध्यक्ष, राज गुरुङ सहसचिव, श्रृृष्टि ढकाल सहकोषाध्यक्ष छन् । सदस्यमा अंकिता घिमिरे, सुगम सापकोटा, सिद्धार्थ राउत, सोहिल बस्नेत र सजिना राना रहेका छन् । सपना क्षेत्रीको संयोजकत्वमा कृतिसा पौडेल र अंकित पौडेल सदस्य रहेको लेखा समिति समेत गठन गरिएको छ ।





