बछौली माविको ६० औं वार्षिकोत्सव

रत्ननगर, ६ फागुन
रत्ननगर नगरपालिका वडा नम्बर ६ मा रहेको बछौली माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार विद्यालय प्रांगणमा औपचारिक कार्यक्रम भएको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सापकोटाले सामुदायिक विद्यालयहरुले पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मकभन्दा गुणस्तरीय र व्यावहारिक शिक्षामा ध्यान दिनुपर्ने बताए ।

सापकोटाले पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक भौतिक स्थितिमा निकै सुधार आएको बताए । कतिपय सामुदायिक विद्यालयहरू निजीभन्दा पनि अब्बल बन्दै गएको उनले बताए । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यावहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उनले शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिए । नगरपालिकाले सबै विद्यालयमा पठनपाठन क्रियाकलापहरुको अनुगमन गरी शिक्षकको निगरानी गरिने बताए । उनले शिक्षकलाई तालिमको व्यवस्था मिलाउने उल्लेख गर्दै कमजोरहरुलाई सहजीकरणको लागि दक्ष शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष किरण महतोले विद्यालयका लागि आवश्यक सहयोगका लागि वडा कार्यालय सदैव तयार रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराम महरठ्ठाबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण तथा उत्कृष्ट शिक्षक रेश्मा चौधरी र उत्कृष्ट कर्मचारी अनु चौधरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट