बछौली माविको ६० औं वार्षिकोत्सव

रत्ननगर, ६ फागुन रत्ननगर नगरपालिका वडा नम्बर ६ मा रहेको बछौली माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार विद्यालय प्रांगणमा औपचारिक कार्यक्रम भएको हो । कार्यक्रममा रत्ननगर नगरपालिका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सापकोटाले सामुदायिक विद्यालयहरुले पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै विद्यालयहरुले […]

राप्तीमा आँखा अस्पतालको उपशाखा बन्ने

राप्ती, ६ फागुन । भरतपुर आँखा अस्पतालको उपशाखा तथा आधारभूत स्वास्थ्य केन्द्र राप्ती-४ भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले भवनको शिलान्यास गरेका हुन् । राप्ती-४ स्थित छतिवनमा २ करोड ४० लाखको लागतमा भवन बन्न लागेको हो । वडामा आधारभूत स्वास्थ केन्द्र समेत नभएको गुनासो आइरहेको थियो […]

नामिबियामाथि नेपालको लगातार दाेस्राे जित

काठमाडौँ, ६ फागुन । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा नामिबियालाई नै २ विकेट तथा स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि क्रिकेट मैदानमा जितका […]

दमौली-चितवन वैकल्पिक मार्ग निर्माण गरिने

तनहुँ, ६ फागुन । तनहुँको दमौलीबाट चितवनको नारायणघाट निस्कने वैकल्पिक मार्गको सुरुआती ट्र्याक खोलिएको करिब ३१ वर्ष भयो । तर अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ । ३४ किलोमिटर दूरी रहेको उक्त मार्गमा खाल्डाखुल्डी र खोलानालाका कारण यात्रुले सास्ती खेप्दै आएका छन् । यस मार्गबाट नारायणघाट हुँदै दमौली पुग्न […]

उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

भरतपुर, ६ फागुन । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालिन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि दल दर्ता गर्न शनिबार आव्हान गरेको हो । आयोगका अनुसार १० फागुनदेखि १६ फागुनसम्म […]

विद्युतीय व्यवसायी महासंघलाई पोखरामा स्वागत

पोखरा, ६ फागुन । पोखरा इलेक्ट्रीकल एसोसिएसनले नेपाल विद्युतीय व्यवसायी महासंघको१३औं साधारणसभा एवं पाँचौं अधिवेशनबाट निर्वाचित समितिलाई शुक्रबार पोखराको पर्यटकीय गाउँ भुम्दी टुनारमा स्वागत एवं सम्मान गरेको छ । नेपाल विद्युतीय महासंघका अध्यक्ष रेशम देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भरका जिल्ला/नगर संघलाई महासंघले सूत्रबद्ध गराउँदै लैजानुपर्ने सुझाव दिए । देवकोटाले तरलता अभावका कारण सिर्जित समस्या, […]

वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड बन्ने

काठमाडौँ, ६ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष (बर्न वार्ड) बन्ने भएको छ ।  २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई समेत उपचार नगरी अन्य अस्पतालमा रिफर गरिन्थ्यो । शुक्रबार गोरखापत्रमा ‘राज्यसँग छैन जलन उपचार अस्पताल’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी जलनमा […]