भरतपुर, ६ फागुन ।
निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।
प्रतिनिधिसभाका तत्कालिन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि दल दर्ता गर्न शनिबार आव्हान गरेको हो । आयोगका अनुसार १० फागुनदेखि १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।
‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संवत २०७९ फागुन १० देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौँस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सूचनामा भनिएको छ ।





