चर्को ब्याजदरले व्यवसायी मर्कामा

भरतपुर, १ फागुन
निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघको साधारणसभा सम्पन्न भएको छ । भरतपुर १६, भँगेरीथानमा सोमबार संघको २५औँ वार्षिक साधारणसभा गरिएको हो ।
साधारणसभाका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघको विकास, उन्नयन र सुधारका लागि सदैव सकारात्मक र जागरूक रहेको र रहिरहने प्रतिवद्धता व्यक्त गरे । उनले देशको मौद्रिक र आर्थिक नीति व्यवसायीमैत्री नभएको आरोप लगाए । अर्थतन्त्रमा देखिएको समस्या र बैंकको चर्काे व्याजदरले व्यवसायीहरुलाई व्यवसाय गर्न समस्या भएको भन्दै सरकार यसतर्फ सचेत बन्नु पर्ने उनले बताए ।

संघका अध्यक्ष हरिप्रसाद गैरेले सभाको अध्यक्षता गरेका थिए । अध्यक्ष गैरेले विगत वर्षहरूमा गरेका प्रमुख काम र भावी योजनाका बारेमा जानकारी गराए । सभामा महासचिव विश्वबन्धु पौडेलले प्रस्तुत गरेको सचिवको वार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज खनालले पेश गरेको आर्थिक प्रतिवदेन सभाले अनुमोदन गरेको थियो ।

२०५३ सालमा स्थापना भएको यो संस्था उद्योग वाणिज्य संघ चितवनको सबैभन्दा पहिलो वस्तुगत संघ हो । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघमा अहिले ३ सय ४२ सदस्य छन् । संघले भरतपुर ११, गणेशस्थान चोकमा असार मसान्तसम्म २ करोड ३० लाखको लागतमा तीनतले भवन निर्माण गर्दैछ । सभामा सम्बोधन गर्ने अतिथिहरुले संघको भवन निर्माणका लागि संस्थागत र व्यक्तिगत सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट