महायज्ञमा खचाखच भक्तजन

भरतपुर, १ फागुन
नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा १९औँ दिन सोमबार भक्तजनको ठूलो भीड देखिएको छ । सोमबार सार्वजनिक बिदा हुनुका साथै नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो ।
महायज्ञमा सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्वमन्त्रीसमेत रहेको भण्डारी कांग्रेसभित्र हिन्दूधर्मको संरक्षण र नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने पक्षका नेता हुन् । उनले नदी किनारमा भएको धार्मिक अनुष्ठानले सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महायज्ञको अवलोकन तथा दर्शन गर्न योगी पिताम्बर र आमन्त्रित कथावाचक बुद्धिसागर भण्डारी आएका थिए । महायज्ञका प्रमुख कथावाचक परशुराम पाण्डेयका अनुसार महायज्ञमा शनिबारदेखि शिव महापुराण आरम्भ भएको छ । श्रीमद्भागवत महापुराण समापन भइसकेको छ भने श्रीमद्देवी भागवत महापुराण हुन बाँकी छ । महायज्ञमा जम्मा तीन वटा पुराण वाचन हुने उनले बताए ।

महायज्ञ अन्तिम चरणतर्फ लाग्दै गर्दा भक्तजनको सहभागीता बढ्दै गएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ फागुन १२ गते सम्पन्न हुँदै छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट