काठमाडौँ, १ फागुन ।
कोभिडविरुद्धको बुस्टर डोजका लागि करिब ४ लाख खोप नेपाल आइपुगेको छ । सोमबार ३ लाख ४५ हजार ६०० डोज फाइजर वाइभ्यालेन्ट खोप नेपाल आइपुगेको हो ।
कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कुल १५ लाख डोज खोपमध्ये आज पहिलो खेपको मात्र खोप आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले विभिन्न खेपमा खोप क्रमशः आउने बताए । उनले भने, ‘आज बिहान खोप आयो । अर्को १६ तारिखमा आउने छ।’
उनले प्रदेशहरुलाई आवश्यकताअनुसार खोप माग गर्नका लागि तालिका बनाएपछि सोहीअनुसार वितरण गरिने बताए । वाइभ्यालेन्ट खोप कोभिडका नयाँ भेरिएन्टमा प्रभावकारी मानिएको छ ।





