मालपोतमा बिचौलियाको काम गर्ने ५ जना पक्राउ

महाेत्तरी, १ फागुन ।
भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मटिहानी नगरपालिका–९का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशनकुमार यादव, जलेश्वर नगरपालिका–१ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका–४ का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका–१० का ३८ वर्षीय अमितकुमार मल्लिक रहेका छन् ।

उनीहरुले भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट