जिल्लास्तरीय वडाध्यक्ष बुद्धिचाल प्रतियोगिता हुने

राप्ती, १ फागुन ।
राप्ती नगरपालिकामा जिल्लास्तरीय वडाध्यक्ष बुद्धिचाल प्रतियोगिता हुने भएको छ । राप्ती नगरपालिका वडा नंं. ४ को आयोजनामा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । यही फागुन ६ र ७ गते दुई दिन काशीरुपा आधारभूत विद्यालयको सभाहलमा प्रतियोगिता हुनेछ ।

सोमबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष केदार आचार्यले सो कुराको जानकारी दिएका हुन् । प्रतियोगितामा चितवन जिल्लाभरीबाट ईच्छुक चेस खेलाडीले भाग लिन पाउने छन् ।

प्रतियोगितामा प्रथम हुनेले रु ७ हजार, द्वितीय हुनेले रु ५ हजार, तृतीय हुनेले रु ३ हजार, चौथो र पाँचौँ हुनेले रु २/२ हजार रुपैयाँ पुरस्कार सहित मेडल, प्रमाणपत्र प्रप्त गर्नेछन् ।

५० वर्ष भन्दा माथिका प्रथम हुनेलाई रु २ हजार, महिला प्रथम हुनेलाई रु २ हजार, विद्यार्थी प्रथम हुनेलाई रु २ हजार, द्वितीय र तृतीय हुनेलाई रु १५/१५ सय र नगर उत्कृष्टले रु २ हजार, वडा उत्कृष्ट महिला र पुरुषले रु १५/१५ सयका दरले पुरस्कार प्राप्त गर्ने वडा अध्यक्ष आचार्यले बताएका छन् ।

खेल प्रतियोगिता आयोजना गर्न रु १ लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाभरबाट ६० जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहने आयोजकले विश्वास लिएको छ । टाढाबाट आउने खेलाडीलाई आवासको व्यवस्था समेत गरिएको आचार्यले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट