युथ थिङ्कर्स सोसाइटी चितवनले विद्यार्थी सम्मेलन गर्ने

भरतपुर, २३ माघ ।
युथ थिङ्कर्स सोसाइटी चितवनले फेब्रुअरी १०, ११ र १२ (माघ २८ देखि फागुन १ गतेसम्म)मा संयुक्त राष्ट्र संघको साइमुलेसन मोडल अन्तर्गतको चितवन मोडल युनाईटेड नेसन (सिएमयुएन) आयोजना गर्ने भएको छ । विगतमा यस मोडलका ५ वटा शृङ्खलाहरू सम्पन्न भइसकेका छन् ।

सौराहाको, होटल अर्थलाईटमा हुन गइरहेको यो कार्यक्रमले विशेषत: सहभागीहरूको व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, कुटनीति, नेटवर्किङ र नेतृत्व विकासमा सहयोग गर्ने आयोजकको दाबी छ । `हरेक वर्ष विश्वभर हजारौँ विद्यार्थीहरू एमयुएनमा सहभागी हुने गर्छन् । त्यसैगरी नेपालमा पनि युथ थिङ्कर्स सोसाइटीले विभिन्न ठाउँमा एमयुएनको आयोजना गर्दै आएको छ जहाँ सहभागी बन्ने डेलिगेटहरू विभिन्न देश र संस्थालाई प्रतिनिधित्व गर्दै वर्तमान समयका विभिन्न मुद्दाहरूमा बहस गर्ने गर्दछन्´, युथ थिङ्कर्स सोसाइटी चितवनका अध्यक्ष सम्राट अर्यालले बताए ।

अर्यालका अनुसार उक्त कार्यक्रममा अहिले विश्वका विभिन्न समसामयिक बिषयवस्तुमा बहस हुनेछ । `यस किसिमका बहसले वर्तमानका समस्याहरू अवगत हुनुका साथै सहभागीहरूलाई लेखनकला, रिसर्च, पब्लिक स्पिकिङ क्षेत्रमा सहयोग गर्नेछ´, अर्यालले बताए ।

`विश्वव्यापी रूपमा हेर्ने हो भने पनि धेरै अन्तर्राष्ट्रिय संघ-संस्थामा नेतृत्वको पदमा भएका व्यक्तिहरू कुनै समयमा एमयुएनकै सहभागी रहेको इतिहास छ´, सोसाइटीका जनसम्पर्क अधिकृत उपेन्द्र भुषालले भने -` जहाँ पूर्व सहभागीहरूले धेरै कुरा सिकेको अनुभव गरेका छन् ।´ कार्यक्रममा भाग लिएपछि आफ्नो पब्लिक स्पिकिङ र नेतृत्व विकास मात्र नभई विश्वव्यापी मुद्दाहरूमा आवाज उठाउन सक्ने आत्मविश्वास बढेको पछिल्ला शृङ्खलाहरूका सहभागीहरूले बताएको भुषालले दाबी गरे । उनीहरूले हालको संस्करणमा भाग लिन अपिल गरेको भुषालले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट