युथ थिङ्कर्स सोसाइटी चितवनले विद्यार्थी सम्मेलन गर्ने

भरतपुर, २३ माघ । युथ थिङ्कर्स सोसाइटी चितवनले फेब्रुअरी १०, ११ र १२ (माघ २८ देखि फागुन १ गतेसम्म)मा संयुक्त राष्ट्र संघको साइमुलेसन मोडल अन्तर्गतको चितवन मोडल युनाईटेड नेसन (सिएमयुएन) आयोजना गर्ने भएको छ । विगतमा यस मोडलका ५ वटा शृङ्खलाहरू सम्पन्न भइसकेका छन् । सौराहाको, होटल अर्थलाईटमा हुन गइरहेको यो कार्यक्रमले विशेषत: सहभागीहरूको व्यक्तित्व […]
पूर्वाधार निर्माणका लागि श्रीराम मन्दिरमा महायज्ञ

भरतपुर, २३ माघ सत्तलसहितको भौतिक पूर्वाधार निर्माणका लागि श्रीराम मन्दिरमा महायज्ञ शुरु भएको छ । भरतपुर ५, कल्याणपुरमा रहेको श्रीराम मन्दिर परिसरमा सोमबार एक कार्यक्रमबीच श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ २०७९ को बागमती प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उद्घाटन गरेका हुन् । उनले असल नियतका साथ शुरु गरिएको माहायज्ञमा सबैले सहयोग गर्न अनुरोध गरे […]
मन्त्री पाण्डेद्वारा धर्मशालाको शिलान्यास

गैँडाकोट, २३ माघ कोटीहोमस्थल गैंडाकोट–१०, पितौजीमा सोमबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । सहरी विकासमन्त्री विक्रम पाण्डेले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन एवं यस स्थानमा बन्ने धर्मशालाको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री पाण्डेले धार्मिक सोचले थालिएको महायज्ञमा सबैको सहभागिता हुनुपर्ने बताए । यो यज्ञमा व्यस्तताका बावजुद आशीर्वाद ग्रहणकै लागि आएको बताएका मन्त्री […]
कोटिहोम महायज्ञमा शीतलकृष्ण महाराजको प्रवचन

भरतपुर, २३ माघ नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको अवलोकन तथा प्रवचनका लागि सोमबार शीतलकृष्ण महाराज पुगेका छन् । अतिथि गुरु शीतलकृष्णले महायज्ञमा सहभागी भएका भक्तजनलाई जीवनको महत्व र दानको बारेमा प्रवचन सुनाएका थिए । महायज्ञमा प्रमुख वाचक परशुराम पाण्डेयले नियमित कथावाचन गरे । महायज्ञमा दिनप्रतिदिन भक्तजनको सहभागिता बढेको उनले बताए । महायज्ञमा भक्तजनको […]
चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायी सडकमा

भरतपुर, २३ माघ उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सोमबार चितवनका उद्योगी, व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढस्थित लायन्सचोकमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकल अंकको व्याजदर कायम गर भन्दै नाराबाजीसहित विरोध कार्यक्रम गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको आह्वानमा भएको प्रदर्शनमा संघमा आवद्ध ३६ वटा वस्तुगत […]
२०७९ माघ २४ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)
संयमित बन रवि

पार्टी स्थापना गरेको ६ महिना नपुग्दै निर्वाचनमा सहभागी भएर अकल्पनीय नतिजा हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा अभिव्यक्त गरेका केही कुरा विशेषगरी मिडियामाथिको विषवमन आपत्तिजनक छ । सञ्चारमाध्यममा आएका समाचार भ्रामक र असत्य भए सम्बन्धित समाचारमाध्यममा नै खण्डन पठाउन सकिने, खण्डनको सम्बोधन नभए प्रेस काउन्सिलमा उजुरी दिन सकिने र त्यस्तो […]
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २३ माघ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम […]
पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

पोखरा, २३ माघ । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार […]
राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ, २३ माघ । राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रश्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै […]
पर्यटक लोभ्याउन कालीगण्डकी किनारमा बाघको मूर्ति

रामपुर, पाल्पा २३ माघ । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो […]
पितौँजीमा आजदेखि महायज्ञ

गैँडाकोट, २३ माघ कोटिहोमस्थल गैंडाकोट–१०, पितौँजीमा सोमबारदेखि सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमले आश्रमस्थलको बृहत् गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागेको हो । फागुन १ गतेसम्म संचालन हुने ज्ञान महायज्ञको […]
२०७९ माघ २३ गते सोमबारको कायाकैरन दैनिक (ePaper)