खैरहनी, २५ मंसिर ।
सामाजिक गतिविधिमार्फत परोपकारी सेवा गर्दै आएका रोटरी क्लब अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष राममणि न्यौपानेले ह्विल चियर हस्तान्तरण गरेका छन् । जन्मदेखि ह्विल चियरको साहारा लिँदै आएका १९ वर्षका विपिन दराइलाई न्यौपानेले चुनावी दौडानमा बाचा गरेअनुसार व्हिल चियर सहयोग गरेका हुन् ।
खैरहनी नगरपालिका वडा नम्बर १ मा बसोबास गर्दै आएका दराईले व्हिल चियर पाएपछि खुसी देखिन्थे ।
आर्थिक स्थिती कमजोर भएका दराईलाई आगामी दिनमा आईपर्ने समस्यामा सधैँ सहयोगको लागि तत्पर रहने अध्यक्ष न्यौपानेले बताए ।
रोटरी ईन्टरनेशनल क्लबले विभिन्न व्यक्ति तथा समुदायलाई सहयोग गर्दै आएको छ । कार्यक्रममा विनोद नेपाल, रामचन्द्र कँडेल, मीनप्रसाद कँडेललगायतको उपस्थिति थियो ।





