विपिनले पाए व्हिल चियर

खैरहनी, २५ मंसिर । सामाजिक गतिविधिमार्फत परोपकारी सेवा गर्दै आएका रोटरी क्लब अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष राममणि न्यौपानेले ह्विल चियर हस्तान्तरण गरेका छन् । जन्मदेखि ह्विल चियरको साहारा लिँदै आएका १९ वर्षका विपिन दराइलाई न्यौपानेले चुनावी दौडानमा बाचा गरेअनुसार व्हिल चियर सहयोग गरेका हुन् । खैरहनी नगरपालिका वडा नम्बर १ मा बसोबास गर्दै आएका […]
किसानको साधारणसभा तथा निर्णय पुस्तिका प्रमाणीकरण समारोह सम्पन्न

गैंडाकोट, २५ मंसिर । किसान बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गैंडाकोटमा आयोजित २७औं वार्षिक साधारणसभा एवं निर्णय पुस्तिका प्रमाणीकरण समारोह संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)की उपाध्यक्ष शान्ति ढकाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । नेफस्कुनका […]
चितवनको लक्की मिडिया हाउस सम्मानित

भरतपुर, २५ मंसिर । चितवनमा रहेको लक्की मिडिया हाउसलाई सम्मान गरिएको छ ।नेपाल संस्कृति तथा चलचित्र केन्द्र काठमाडौंको आयोजनामा भएको `चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९´ मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको हो । मोफसलमा रहेर नेपाली चलचित्र उद्योगको प्रचारप्रसार र सिनेमा क्षेत्रको प्रबर्द्धनका लागि निरन्तर लागिरहेको संस्थाको रुपमा लक्की मिडिया हाउस चितवनलाई सम्मान […]
चितवनमा पुस २९ देखि माघ ९ गतेसम्म खिचरा महोत्सव हुने

भरतपुर,२५ मङ्सिर । चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । महोत्सव […]
गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

रेसुङ्गा, २५ मङ्सिर । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह […]
चितवनमा आठौंपटक गुञ्जँदै नेपथ्य

भरतपुर, २५ मंसिर । मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली शुक्रबार नै चितवन आइपुगेको छ । यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज र हेटौंडामा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो […]
सुनको मूल्य प्रतितोला एक लाख पाँच सय

काठमाडौँ, २५ मङ्सिर । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख […]
सांसद लामिछानेको नेतृत्वमा खहरे खोलाको पानी ल्याउन श्रमदान

भरतपुर,२५ मंसिर । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् । पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ । भरतपुर […]
निर्दोषको `तिम्रै धड्कन´ सार्वजनिक

भरतपुर, २५ मंसिर । लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै आएका स्थानीय स्रष्टा निर्दोष जीवनको शब्द रचना रहेको `तिम्रै धड्कन´ बोलको प्रेमगीतको भिडियो सार्वजनिक भएको छ । युवा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा गायक सुनिल कटुवाल र गायिका दुर्गा खरेलको आवाज रहेको छ । भिडियोमा नायिका अनिसा पोखरेल र नायकको रुपमा गायक […]
२०७९ मंसिर २५ गते आइतवारको कायाकैरन दैनिक (E-paper)
चितवनबाट माओवादी केन्द्रका ३ जना समानुपातिक सांसद

भरतपुर, २५ मंसिर । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि चितवनका तीनसहित १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले चितवनबाट ज्ञानु बस्नेत सुवेदी, रणेन्द्र बराली र कल्पना मियाँ रहेका छन् ।