किसानको साधारणसभा तथा निर्णय पुस्तिका प्रमाणीकरण समारोह सम्पन्न

गैंडाकोट, २५ मंसिर ।
किसान बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गैंडाकोटमा आयोजित २७औं वार्षिक साधारणसभा एवं निर्णय पुस्तिका प्रमाणीकरण समारोह संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)की उपाध्यक्ष शान्ति ढकाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । नेफस्कुनका लेखा तथा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, संस्थाका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षको विशिष्ट आतिथ्यता र विभिन्न संघसंस्थाका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, समिति सदस्यहरु, सेवाकेन्द्र संयोजकहरुको आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो ।
२७औँ साधारणसभामा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले किसान बचत तथा ऋण सहकारी संस्था लि. २०५२ सालमा किसानहरुले राष्ट्रिय धान दिवसको अवसरमा भेला भई गठन गरेको जानकारी दिए । आफूले आर्जन गरेको आयबाट नियमित रुपमा बचत गर्न उत्प्रेरित गरी संकलन भएको पुँजी तथा रकमबाट उत्पादन तथा आफ्नो आवश्यकता टार्न सरल र सुलभ तरिकाले कारोबार गर्न सहकारी सिद्धान्त, मूल्यमान्यतामा आधारित सहकारी संस्था किसान रहेको उनले बताए ।

किसान साकोसको चालू आर्थिक वर्षको कुल सम्पत्ति ३ अर्ब ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रूपैयाँ रहेको र संस्थाले गत आर्थिक वर्षको शेयर पुँजी ३५ करोड १५ लाख ६६ हजार ८ सयलाई बढाएर चालू आर्थिक वर्षमा ४४ करोड ८० लाख पुर्‍याउने लक्ष्य रहेकोमा वर्तमान विषम परिस्थितिका बावजुद पनि किसान साकोसको सदस्यकेन्द्रित सेवाहरुले सदस्यहरुको मन जितेको हुनाले सदस्यहरुले संस्थालाई अगाध माया र कारोबारद्वारा साथ दिई किसान साकोसलाई अडिग र भरपर्दाे सहकारीको रुपमा उभ्याइदिएको भन्दै उनले धन्यवाद दिएका थिए ।

संस्थाका अध्यक्ष श्रीहरि चालिसेले एकाई साधारणसभाबाट प्रतिनिधिको रुपमा चयन भई आएका ५७ जना प्रतिनिधिहरुलाई माईन्यूटमा लेखिएका निर्णयहरु निर्णयार्थ पेश गरी दस्तखतको लागि आह्वान गरेका थिए भने सदस्यहरुबाट आएका सुझावलाई क्रमशः सुधार गर्दै लाने ब्यहोरा समेत सभा समक्ष राखेका थिए ।
सोही कार्यक्रममा पुष्पाञ्जली आमा समूहको थारू सांस्कृतिक नृत्य तथा बाल सदस्य ईलिशा चालिसेको बालनृत्य लगायतका प्रस्तुति तथा संस्थाका विभिन्न विधाहरुमा विजेताहरुलाई पुरस्कार एवं सम्मान गरिएको थियो ।
कार्यक्रममा वर्ष उत्कृष्ट सुरक्षागार्ड लालबहादुर गाहा (जनमुखी सेवाकेन्द्र), वर्ष उत्कृष्ट बजार प्रतिनिधि अस्मिता गुरुङ विक (अरुणखोला सेवाकेन्द्र), डोलमाया गुरुङ (समृद्धि भरतपुर सेवाकेन्द्र), वर्ष उत्कृष्ट समूह परिचालक ज्ञानुमाया चौधरी (पञ्चवटी सेवाकेन्द्र), रमादेवी शर्मा (अमरापुरी सेवाकेन्द्र) वर्ष उत्कृष्ट वचत सहायक सरु लामा (केन्द्रीय कार्यालय), सरिता कतिला (जनमुखी सेवाकेन्द्र) संस्थामा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारी सुनिल रेग्मी, वर्ष उत्कृष्ट ईन्चार्ज अनिता थापा (पञ्चदृष्टि सेवाकेन्द्र), वर्ष उत्कृष्ट कर्मचारी अर्जुनप्रसाद पौडेल (केन्द्रीय कार्यालय), उत्कृष्ट सेवाकेन्द्र ३ वटा समृद्धि भरतपुर सेवाकेन्द्र (प्रथम), जनमुखी सेवाकेन्द्र (द्वितीय), सौहार्द सेवाकेन्द्र (तृतीय), उत्कृष्ट सेवा केन्द्र संयोजक जीवनाथ तिमिल्सीना (सप्तरंगी सेवाकेन्द्र), उत्कृष्ट उप–समिति सदस्य ईश्वर रेग्मी (पञ्चदृष्टि सेवाकेन्द्र लघुवित्त उपसमिति) र उत्कृष्ट सञ्चालक पार्वती कुमारी बराललाई प्रदान गरिएको थियो ।

२७ औं साधारणसभामा रिक्त रहेको पदमा पदपूर्ती गर्न गठित निर्वाचन उप–समितिका संयोजक रमेश काफ्लेले एकाई साधारणसभाबाट समितिलाई दिएको अख्तियारी बमोजिम निर्विरोध सर्वसम्मत रुपमा रिक्त पदमा चयन भएका सचिव सरस्वती कँडेल, कोषाध्यक्ष राजेन्द्र गौतम, सह–सचिव दुर्गाप्रसाद चालिसे र सदस्यमा नवराज सापकोटा र दुर्गादेवी कँडेल सापकोटालाई गोपनियताको सपथ ग्रहण गराई प्रमाणपत्र दिई बधाई ज्ञापन गरेका थिए ।

नेफ्स्कुन फिल्ड कार्यालय उपसमिति सदस्य, सहज फाउन्डेसन नेपालका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य गोपालप्रसाद गौतमले ‘समृद्ध सदस्य, दिगो साकोस’ नारासहित किसान साकोस नीति र विधिले चलेको, मानिस र पद भन्दा ठूलो किसान साकोस संस्था रहेकोले रिक्त पदहरुमा सर्वसम्मतिले पदाधिकारीहरु निर्वाचित भएर एकताको सन्देश दिएकोमा धन्यवाद दिए ।
साधारणसभामा विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का लेखा तथा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले शुभकामना मन्तव्य राख्दै हाल सहकारीमा देखिएका समस्याहरुका बारेमा प्रस्ट पार्दै नीति विधिमा सञ्चालित सहकारीहरुमा वित्तीय कारोबार गर्न डराउन नपर्ने र यस किसान साकोस सबैलाई सहकारी मूल्य मान्यता स्वनियम सिक्ने सिकाउने उदारहणीय संस्थाका रुपमा विकसित भएकोमा धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) उपाध्यक्ष शान्ति ढकाल अधिकारीले किसान बचत तथा ऋण सहकारी संस्थाले ४अर्व पूँजी पुराएको, सदस्यहरुलाई मोबाईल एप, ट्याबलेट बैंकिङ लगायतको अत्याधुनिक सेवा सुविधा प्रदान गरेको, सामाजिक कार्यहरु आँखादान, रक्तदान र कोभिडको समयमा स्थानीय निकायहरु मार्फत सहयोग गरी उल्लेखनीय काम गरेको बताउँदै हाल सहकारीमा देखिएका वित्तीय संकुचनका अवस्था, कोभिडले साकोस अभियानमा पारेको प्रभावका बारेमा समेत जानकारी दिए । नियामक निकायले सहकारी संस्थालाई हालको अवस्थामा थप विशेष रुपमा हेर्नु पर्नेमा पनि उनले जोड दिए ।

निर्वाचन समितिका संयोजक रमेश काफ्ले, सदस्यद्वय प्रेम सापकोटा र कृष्णप्रसाद ज्ञवालीलाई कदरपत्रद्वारा सम्मान गर्दै २७ औं साधारणसभामा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्षद्वारा कार्यक्रम समापन गरेका थिए । कार्यक्रमको संचालन संस्थाका लघुवित्त प्रमुख प्रेम अधिकारीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट