भरतपुर, २५ मंसिर ।
चितवनमा रहेको लक्की मिडिया हाउसलाई सम्मान गरिएको छ ।नेपाल संस्कृति तथा चलचित्र केन्द्र काठमाडौंको आयोजनामा भएको `चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९´ मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको हो ।
मोफसलमा रहेर नेपाली चलचित्र उद्योगको प्रचारप्रसार र सिनेमा क्षेत्रको प्रबर्द्धनका लागि निरन्तर लागिरहेको संस्थाको रुपमा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । लक्की मिडिया हाउस चितवनको महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले सम्मान पत्र ग्रहण गरेका हुन् ।





