घाइते भएपछि विश्वकपमा नफर्किने तनावले रातभरि रोएको थिएँ : नेइमार

भरतपुर, २० मंसिर ।
कतारमा जारी फिफा विश्वकपमा सोमबार राति प्रि–क्वाटरफाइनलमा दक्षिण कोरियालाई ब्राजिलले ४–१ गोल अन्तरले पराजित गर्‍यो ।

प्रतियोगिताको पहिलो खेलमा सर्बियासँगको खेलमा चोटग्रस्त भएर मैदान छाडेका ब्राजिलका मुख्य खेलाडी नेइमार जुनियर प्रेरित खेलमा ब्राजिल कोरियाविरुद्ध पूर्ण रुपमा हावी भएको थियो । त्यसक्रममा नेइमारले एक गोल र एक असिस्ट गरेका थिए ।

खेलपछि मिडियासँग कुरा गर्दै उनले घाइते भएको रात आफूले विश्वकप गुमाउँछु भन्ने डरका कारण रोएर बिताएको बताएका छन् । उनले भने, ʻआज हामीले राम्रो खेलेर जित्यौं, अब हामी उपाधिको एक कदम नजिक पुगेका छौँ । म टिममा फर्किएर अत्यन्तै खुशी छु । म घाइते भएको रात पूरै रातभर रोएको थिएँ । मलाई विश्वकप गुमाउँछु भन्ने ठूलो डर थियो । तर म चाँडै नै ठिक भएर मैदान फर्किएको छु र टिमलाई पूर्ण रुपमा सहयोग गर्नेछु ।ʼ

अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसिया विरुद्ध खेल्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट