हुप्सेकोटमा जीप दुर्घटना हुँदा ४ जनाको निधन

देवचुली, १५ मंसिर ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्र धौवादीमा जीप दुर्घटना हुँदा ४ जनाको निधन भएको छ । दलदलेबाट डेढगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१ च -०००६ नम्वरकाे जीप धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हाे । दुर्घटनामा परेर मृत्यु हुनेहरूमा बुलिङटार गाउँपालिका-६ का वर्ष ६० का होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटका वर्ष ६७ का मनसुभा बराल, बौदीकाली-२ डेढगाउँका वर्ष २८ का केसरी दराइ र वर्ष ५८ का यामबहादुर ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक साजन शर्माले बताए ।

हुप्सेकाेट गाउँपालिका वडा नम्बर ५ मा पर्ने कान्छीपानीमा बिहीबार साँझ ५ :२० बजे जीप दुर्घटनामा परेकाे हाे । जीपमा १४ जना सवार रहेको र अन्य घाइतेको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र कावासोतीका अस्पतालमा पठाइएको प्रहरी निरीक्षक शर्माले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट