हुप्सेकोटमा जीप दुर्घटना हुँदा ४ जनाको निधन

देवचुली, १५ मंसिर । पूर्वी नवलपरासीको पहाडी क्षेत्र धौवादीमा जीप दुर्घटना हुँदा ४ जनाको निधन भएको छ । दलदलेबाट डेढगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१ च -०००६ नम्वरकाे जीप धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हाे । दुर्घटनामा परेर मृत्यु हुनेहरूमा बुलिङटार गाउँपालिका-६ का वर्ष ६० का होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटका वर्ष ६७ का मनसुभा बराल, […]
आँचलको लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम

हेटौंडा, १५ कात्तिक । ‘सभ्य समाजकाे पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक अधिकार, हाम्राे सराेकार’ विषयक बहस कार्यक्रम गरेको छ । आँचलकी अध्यक्ष भावना सापकाेटाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलकाे प्रमुख आतिथ्यतामा हेटौंडामा कार्यक्रम गरिएको हो […]
उपाधि दाबेदार बेल्जियम समूह चरणबाटै बाहिर

उपाधिकाे एक दाबेदार बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलकाे समूह चरणबाटै बाहिरिएकाे छ । समूह ‘एफ’ मा रहेकाे बेल्जियमले अन्तिम खेलमा जित्नैपर्ने दबाब थियाे । तर, क्राेएसियासँग गाेलरहित बराबरीमा राेकिएपछि बेल्जियम समूह चरणबाटै बाहािरियाे । अर्काे खेलमा क्यानडामाथि २-१ काे जित हात पार्दै माेरक्काे समूह विजेता बन्याे । उसकाे ७ अंक छ भने क्राेएसिया ५ […]
पूर्वी नवलपरासीमा जीप दुर्घटना, १० जना घाइते

देवचुली, १५ मंसिर । पूर्वी नवलपरासीको पहाडी क्षेत्र धौवादीमा जीप दुर्घटनामा परेको छ । दलदलेबाट डेढगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१ च -०००६ नम्वरकाे जीप धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हाे । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक साजन शर्माका अनुसार हुप्सेकाेट गाउँपालिका वडा नम्बर ५ मा पर्ने कान्छीपानीमा बिहीबार साँझ ५ :२० बजे […]
`शब्दचित्रमा डिआर पोखरेल´ सार्वजनिक

भरतपुर, १५ मंसिर । वरिष्ठ समालोचक डिआर पोखरेलको अभिनन्दन ग्रन्थ `शब्दचित्रमा डिआर पोखरेल´ सार्वजनिक भएको छ । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले स्रस्टा पोखरेललाई अभिनन्दनसहित यो पुस्तक प्रकाशन गरेको हो । बिहीबार गैंडाकोटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केदारनाथ खनालले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा उनको जीवनी, अन्तर्वार्ता, विभिन्न सर्जकहरूसँगको संस्मरण र उनलाई समर्पण गरेर […]
थाहाका किसान आन्दोलित, नगरपालिका घेराउ

हेटौंडा, १५ मंसिर । मकवानपुरको उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरु आन्दोलनमा उत्रेका छन् । आलु लगाउने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहा नगरपालिकाका किसान आन्दोलनमा उत्रिएका हुन् । मलको सहज आपूर्ति गर्न थाहा नगरपालिकाका किसान आन्दोलन संघर्ष समितिले बिहीबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल कृषिप्रधान देश भएपनि विगत केही […]
अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

काठमाडौँ, १४ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । “अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी […]
२०७९ मंसिर १५ गते बिहिबारको कायाकैरन दैनिक (E-paper)
अर्जेन्टिना र पाेल्याण्ड अन्तिम १६ मा प्रवेश

भरतपुर, १४ मंसिर ग्रुप सी काे विजेता बन्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपकाे नकआउट चरण प्रवेश गरेकाे छ । जित्नैपर्ने दबाबमा रहेकाे दुईपटककाे विश्व विजेता अर्जेन्टिनाले समूह चरणकाे अन्तिम खेलमा पाेल्याण्डलाई २-० गाेलअन्तरले पराजित गर्यो । पहिलाे खेलमा साउदी अरेबियासँग २-० ले पराजित भएर निराश बनाएकाे अर्जेन्टिनाले त्यसपछिका दुवै खेल जित्दै विश्वकपतिरकाे यात्रामा उत्साह […]