आँचलको लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम

हेटौंडा, १५ कात्तिक ।
‘सभ्य समाजकाे पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक अधिकार, हाम्राे सराेकार’ विषयक बहस कार्यक्रम गरेको छ ।

आँचलकी अध्यक्ष भावना सापकाेटाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलकाे प्रमुख आतिथ्यतामा हेटौंडामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रहरी निरीक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा प्रमुख चुडाकुमारी खड्का, अधिवक्ता अप्सरा बस्नेत, कवि शान्ति प्रियवन्दना, फ्रेन्ड्स हेटौंडाकी किरण थापा वक्ताका रूपमा रहेका थिए । बहसकाे सहजीकरण संस्थाकी सदस्य रजनी पाैडेलले गरेकी थिइन् ।

कार्यक्रममा बाेल्दै प्रहरी निरिक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चुडाकुमारी खड्काले ‘प्रहरी चाैवीसै घण्टा जनताको सेवामा खटिरहने भएकाले जनताले प्रहरी प्रशासनसँग धेरै आशा राख्ने भएको हुँदा जनचाहना अनुसार प्रहरीले काम नगरेकाे भन्ने गुनासा आउने गरेकाे पाइएकाे भए पनि जनतालाई कानुनी दायरा मिलाएर दर्ता भएर आएका मुद्दा सुनुवाइ हुने बताए ।

पहिचान लिङ्गले नभइ आफूमा भएको क्षमताबाट हुनुपर्ने कुरा राख्दै तेस्रो लिङ्गी भएकै कारण समाजमा आफूहरूलाई हेरिने दृष्टिकोण बदलिनुपर्ने र याे देशकाे नागरिक भएर जन्मिए पछि अन्य नागरिक सरह याैनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले नागरिकता पाउनु पर्ने फ्रेन्ड्स हेटौंडाकी किरण थापाले बताइन् । कानुन प्राप्त गर्नका लागि कानुनी बाटाे अपनाउनुपर्ने घरमा बसेर न्याय प्राप्त नहुने अधिवक्ता अप्सरा बस्नेतले बताइन् । कवि शान्ति प्रियवन्दनाले लेखनमा लैङ्गिक विभेदको विषयलाई सङ्ख्यात्मक र गुणात्मक रुपमा थप उठाउनु पर्ने बताइन् ।
कार्यक्रम संयाेजक निर्मला व्लाेनले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई नीरा शर्माले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा मकवानपुरका साहित्यिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट