भरतपुर, १४ मंसिर
ग्रुप सी काे विजेता बन्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपकाे नकआउट चरण प्रवेश गरेकाे छ ।
जित्नैपर्ने दबाबमा रहेकाे दुईपटककाे विश्व विजेता अर्जेन्टिनाले समूह चरणकाे अन्तिम खेलमा पाेल्याण्डलाई २-० गाेलअन्तरले पराजित गर्यो ।
पहिलाे खेलमा साउदी अरेबियासँग २-० ले पराजित भएर निराश बनाएकाे अर्जेन्टिनाले त्यसपछिका दुवै खेल जित्दै विश्वकपतिरकाे यात्रामा उत्साह थपेकाे छ ।
अन्तिम खेल हारे पनि पाेल्याण्ड पनि अन्तिम १६ मा प्रवेश गरेकाे छ । अर्काे खेलमा मेक्सिकाे साउदि अरेबियाविरुद्ध २-१ ले विजयी भए पनि गाेलअन्तरमा पछि परेका कारण अन्तिम १६ मा पुग्नबाट वञ्चित भयाे ।





