उपाधिकाे एक दाबेदार बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलकाे समूह चरणबाटै बाहिरिएकाे छ ।
समूह ‘एफ’ मा रहेकाे बेल्जियमले अन्तिम खेलमा जित्नैपर्ने दबाब थियाे । तर, क्राेएसियासँग गाेलरहित बराबरीमा राेकिएपछि बेल्जियम समूह चरणबाटै बाहािरियाे ।
अर्काे खेलमा क्यानडामाथि २-१ काे जित हात पार्दै माेरक्काे समूह विजेता बन्याे । उसकाे ७ अंक छ भने क्राेएसिया ५ अंकसहित दाेस्राे बन्याे ।




