`शब्दचित्रमा डिआर पोखरेल´ सार्वजनिक

भरतपुर, १५ मंसिर ।
वरिष्ठ समालोचक डिआर पोखरेलको अभिनन्दन ग्रन्थ `शब्दचित्रमा डिआर पोखरेल´ सार्वजनिक भएको छ ।
ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले स्रस्टा पोखरेललाई अभिनन्दनसहित यो पुस्तक प्रकाशन गरेको हो ।

बिहीबार गैंडाकोटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केदारनाथ खनालले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा उनको जीवनी, अन्तर्वार्ता, विभिन्न सर्जकहरूसँगको संस्मरण र उनलाई समर्पण गरेर लेखिएका कविताहरू समावेश छन् । अभिनन्दन कार्यक्रममा स्रस्टा मणिराम काफ्लेले पुस्तकमा समेटिएका रचनाहरूमाथि चर्चा गरेका थिए ।

लामो समयदेखि चितवनमा रहेर भाषा, संस्कृति, इतिहास, साहित्य तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील पोखरेलका डेढ दर्जन कृति प्रकाशित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट