देवचुली, १५ मंसिर ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्र धौवादीमा जीप दुर्घटनामा परेको छ । दलदलेबाट डेढगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१ च -०००६ नम्वरकाे जीप धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हाे ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक साजन शर्माका अनुसार हुप्सेकाेट गाउँपालिका वडा नम्बर ५ मा पर्ने कान्छीपानीमा बिहीबार साँझ ५ :२० बजे जीप दुर्घटनामा परेकाे हाे ।
जीपमा सवार १० जना मध्ये ४ जना गम्भीर घाइते र ६ जना सामान्य घाइतेको उद्धार गरि उपचारका लागि अस्पताल ल्याउँदै गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।





