भरतपुर, १३ मंसिर
समूह चरणकाे अन्तिम खेल हारे पनि साविक विजेता फ्रान्स जारी फिफा विश्वकप फुटबलकाे समूह डी विजेता बनेकाे छ ।
नकआउट चरणमा प्रवेश गर्ने पक्का भइसकेको फ्रान्स अन्तिम खेलमा कमजाेर मानिएकाे ट्युनिसियासँग १-० ले पराजित भएकाे छ ।
खेलकाे अन्तिम मिनेटमा ग्रिजमनले हानेकाे गाेललाई रेफ्रीले अफसाइड दिएपछि फ्रान्सले बराबरी गर्ने माैका गुमायाे ।
साविक विजेतालाई हराएर ट्युनिसियाले विश्वकपकाे सम्मानजनक अन्त्य गरेकाे छ ।
हारे पनि फ्रान्सकाे ६ अंक छ । समान अंक भए पनि गाेल अन्तरमा पछि परेर अष्ट्रेलिया समूह उपविजेता बनेकाे छ । अष्ट्रेलियाले आजै भएकाे खेलमा डेनमार्कलाई १-० गाेलले हराएकाे हाे ।
ग्रुप डीबाट डेनमार्क र ट्युनिसिया बाहिरिएका छन् ।





