एक खेल हारेर पनि फ्रान्स बन्याे समूह विजेता

भरतपुर, १३ मंसिर समूह चरणकाे अन्तिम खेल हारे पनि साविक विजेता फ्रान्स जारी फिफा विश्वकप फुटबलकाे समूह डी विजेता बनेकाे छ । नकआउट चरणमा प्रवेश गर्ने पक्का भइसकेको फ्रान्स अन्तिम खेलमा कमजाेर मानिएकाे ट्युनिसियासँग १-० ले पराजित भएकाे छ । खेलकाे अन्तिम मिनेटमा ग्रिजमनले हानेकाे गाेललाई रेफ्रीले अफसाइड दिएपछि फ्रान्सले बराबरी गर्ने माैका गुमायाे । […]

समानुपातिकमा एमालेलाई २७ लाख मत

काठमाडौँ, १४ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । बुधबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा माओवादी […]

प्रतिनिधि सभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रिय सभाका यथावत्

काठमाडौँ, १४ मंसिर । संघीय संसद्‍को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनसँगै मतपरिणाम अन्तिमर चरणमा रहँदा यसअघिको कार्यकाल पूरा भएको हो । निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । मत परिणाम अन्तिम चरणमा पुगेसँगै संघीय संसद्‍मा दर्ता भएका विधेयकहरू अब के होलान् ? […]

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन

भरतपुर, १४ मंसिर । स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । एमालेले यी दुवै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, […]