फिफा विश्वकप : कतार दोस्रो खेलमा पनि पराजित

दोहा, ९ मंसिर ।

आयोजक कतार फिफा विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । शुक्रबार अलथुमामा स्टेडियममा सम्पन्न खेलमा कतारलाई सेनेगलले ३-१ गोलले हराएको हो ।

सेनेगललाई अग्रता दिलाउन बुलाय दियाले खेलको ४१औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको सात मिनेटपछि फमारा दिडिध्युले दोस्रो गोल थपेका थिए ।

घरेलु टोलीका लागि मोहम्मद मुनतारीले ७८औँ मिनेटमा गोल गर्दै अन्तरलाई घटाउने प्रयास गरेका थिए । तर खेलको ८४औँ मिनेटमा चैख डिंगले बललाई जाली चुनावपछि सेनेगलले ३-१ ले खेल जित्यो ।

खेलभर कतारले गोलका लागि १० पटक अवसरको सिर्जना गरेपनि ३ पटक मात्रै टार्गेटमा बल हानेको थियो ।

जीतपछि सेनेगलले ३ अंक प्राप्त गरेको छ । समूह ‘ए’ मा सेनेगल तेस्रो स्थानमा छ । उसले प्रिक्वाटरफाइनल खेल्ने आशा जिवितै राखेको छ । दुई खेलमा कुनै पनि अंक नजोडेको कतार भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट